६५ जना ऋणीलाई कर्जा चुक्ता गर्न एनआईसी एशिया लघुवित्तको आग्रह

१८ बैशाख २०८१, मंगलवार १२:१६

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ६५ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

कम्पनीको शाखा कार्यालय कालिकास्थान, हापुरे, चाँदनी दोधारा, बरुवा, सल्लेरी, माझगवा, महादेवबेशी, नयाँगाउँ, मसुरिया, अपरापुरी, गढवा, राजपुर, फिदिम, हसुलिया, तिनघरे, बन्दीपुर, पालुङटार, धाईजन, ठैव र डकैलाबाट कर्जा लिएका विभिन्न ६५ ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो ।

३५ दिनको समयावधिभित्र पनि कर्जा चुक्ता नभएमा ऋणी तथा जमानतकर्ताहरू लाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने कम्पनीले जनाएको छ । साथै, ऋणीको धितोमा रहे नरहेको चल अचल सम्पत्ति लिलाम बिक्री गरेर वा अन्य कुनै व्यवस्था गरी कम्पनीले आफ्नो लेना रकम असुल उपर गरिने बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*