ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक सर्टलिष्टमा

१८ बैशाख २०८१, मंगलवार १३:३७

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् ।नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका हुन् ।

नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी सर्टलिस्टमा परेका छन् ।

राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने ५ लेखापरीक्षक फर्म सर्टलिस्टमा छनोट भएका हुन् ।

फर्मको योग्यताको आधार, अनुभव र क्षमताका आधारमा सर्टलिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सन् २०२१ डिसेम्बर २२ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलकको तर्फबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।
अन्तर्राष्ट्रिय अडिट फर्मले नेपालका १० ठूला बैंकको ‘एसेट्स क्वालिटी रिभ्यु’ गर्ने शर्त उल्लेख थियो ।

त्यस्तै मार्च २०२३ भित्र १० ठूला बैंकको स्थलगत निरीक्षण भइसक्ने उल्लेख छ । सम्पत्तिको आधारमा ठूला १० वटा बैंकको ‘ऋण पोर्टफोलियो रिभ्यु’ हुनेछ । तर, विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यान्वयन गत वर्ष भएको ढिलाइसँगै धकेलिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*