नबिल बैंकले भाडामा कार्यालय भवन खोज्दै

१८ बैशाख २०८१, मंगलवार १३:४३

काठमाडौं । नबिल बैंक लिमिटेडले कार्यालय भवन भाडामा उपलब्ध गराउन इच्छुक घरधनीहरुले शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।बैंकले बागमती र मधेस प्रदेश गरी दूई स्थानमा रहेका आफ्ना शाखा कार्यालय स्थानान्तरणको लागि व्यापारिक क्षेत्रमा रहेको भवन खोजिरहेको हो ।

बैंकका अनुसार प्रस्तावित भवनमा पार्किङको सुविधा, सडक विस्तारको योजना नपरेको, भूकम्प प्रतिरोधात्मक भवनलाई बढी प्राथमिकता दिने र एटीएम तथा जेनेटर राख्नलाई उचित स्थान भएका भवनलाई बढी प्राथमिकता दिने भएको छ ।

घरधनीहरुले मधेश प्रदेशमा रहेको जनकपुर शाखा कार्यालय, प्रादेशिक कार्यालय, जानकी क्लस्टर कार्यालय र बर्दिबासमा रहेको शाखा कार्यालय र बागमती प्रदेशमा रहेको नारायणगढ कमलनगर कार्यालय, मनकामना क्लस्टर कार्यालय, नारायणगढ प्रशासन विभाग लगायतका कार्यालयमा बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।

भवन तथा घर भाडामा दिन चाहाने इच्छुक घरधनीहरुले उल्लेखित मापदण्ड पुरा गरी बैशाख २७ गतेसम्म बैंकको सम्बन्धित कार्यालयमा बोलपत्र पेश गर्न सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*