दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१८ बैशाख २०८१, मंगलवार १५:१०

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज कारोबार भएका ३२० वटा कम्पनीहरुमध्ये २१५ कम्पनीको शेयरमूल्य बढेको छ । मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ दशमलव २९ प्रतिशत, बोटलर्स नेपाल (तराई) को ७ दशमलव ६२ प्रतिशत, शाइन रेसुङ्गाा डेभलपमेन्ट बैंकको ७ दशमलव २० प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*