दोहोरो अकंले बढ्यो नेप्से, परिसूचक २ हजार बिन्दुमा पुग्दा कारोबार तीन महिना यताकै उच्च

१८ बैशाख २०८१, मंगलवार १५:१२

काठमाडौँ । साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । पछिल्ला केहि दिन यता सुस्त रहेको पुँजी बजारमा आज भने सुधार देखिएको हो ।

लगानीकर्ताको मनोबल समेत विस्तारै उच्च बन्दै गएको छ । अर्थमन्त्रालय बजार चलयमान बनाउनका लागि लगानीकर्तासँग छलफल गर्ने आवश्वासन दिएसँगै बजारले उकालो लय लिएको हो । लगानीकर्ताले लामो समयदेखि नीतिगत अवरोध फुकुवाको माग गरी रहेका छन् । राष्ट्र बैंकले पनि शेयर बजारलाई बाधा गर्ने नीगिगत सुधार गर्ने संकेत समेत गर्ने थालेको छ ।

पछिल्लो दिन यता कारोबार २ अर्ब वरिपरी घुमि रहेको भएपनि आज भने उच्च हुनु पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.९३ अकंले बढेर २००६.२८ बिन्दुमा बन्द भएको छ । मंगलबार ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार तीन महिना यता कै उच्च हो । माघ १७ गते ५ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो । सो यता उक्त रकमको कारोबार हुन सकेको थिएन् ।

आज फाइनान्स कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । पछिल्लो समय निरन्तर बढी रहेको फाइनान्स सेक्टर आज भने घटेको हो । अन्य १२ उपसूचकमा हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको १.१० प्रतिशत, विकास बैंक समूहको ४.९० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

शाईन रेसङ्गाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, पोखरा फाइनान्सको १७ करोड १ लाख रुपैयाँ, गोर्खास फाइनान्सको १६ करोड २५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । साथै, सांग्रिला डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

मंगलबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज कर्पोरेट डेभलपमेन्ड बैक र इन्फिनीटि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, ग्रिनज डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत, बोटलर्स नेपाल (तराई) को ७.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै, आज पोखरा फाइनान्सको ७.१८ प्रतिशत, गुरास लघुवित्तको ६.६० प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*