मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता शेयर बिक्रीमा

१९ बैशाख २०८१, बुधबार ०६:२६

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा बैंकका संस्थापक शेयरधनीहरू वा संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा रही अन्य व्यक्ति वा संस्थाहरूले शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र सुनसरीको महेन्द्रपथ धरान– १२ स्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूले समेत खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*