कुमारी बैंकको ९७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१९ बैशाख २०८१, बुधबार ०६:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङ्गको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, राम भरोसा वैद्यको पाँच हजार ९३८ कित्ता र संजय नारायण श्रेष्ठको एक हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*