क्रेस्ट माइक्रो लाइफको नाफा १४ लाख रुपैयाँमाथि

१९ बैशाख २०८१, बुधबार ०७:१३

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा १४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यस अवधिसम्म कम्पनीले सात करोड ८६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । चालु आवको नौं महिनासम्म आइपुग्दा यस कम्पनीले चार करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले १९ लाख ९० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिसम्म कम्पनीले लगानी तथा कर्जाबाट तीन करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ ।

चालु आवको चैत्र महिनासम्म कम्पनीले चार करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको छ । समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा दुई करोड ९२ लाख रुपैयाँ रहेको छ ।

५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा ६ लाख ३६ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ५२ लाख २० हजार संचिति रहेको छ । यस अवधिसम्म आउदा कम्पनी कुल सात करोड ७१ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ०.५४ रुपैयाँ रहेको छ भने कम्पनीमा १९ हजार ९१० बीमा पोलिसी संख्या कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*