टोयोटा गाडी खरिद गर्न गरिमा विकास बैंकले आधार दरमा कर्जा दिने

१९ बैशाख २०८१, बुधबार १०:५५

काठमाडौँ । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ । टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र बैंकबीच आधार दरमा कर्जा दिने विषयमा सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेडको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकासबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् ।

ग्राहकहरूले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि टोयोटा ब्राण्डको सवारीसाधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन । सम्झौतापश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ पार्टनरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*