सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने

१९ बैशाख २०८१, बुधबार ११:०६

काठमाडौँ । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियममा मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि निम्ति बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा सोपानका तर्फबाट अध्यक्ष डा ई तारा प्रसाद पोखरेल र क्यापिटलका तर्फबाट सीईओ दिपेश कुमार बैध्यले हस्ताक्षर गरेका छन्।

कम्पनीका अनुसार आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं बार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो चुक्ता पूँजी १ अर्ब ४५ करोड ७५ लाख पुर्याउने योजना बनाएको छ। जस अन्तरगत संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता (१ अर्ब १६ करोड ६० लाख) को हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपिओ जारी हुनेछ ।

सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलबिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाको रूपमा बिकाश गरिएको देशकै नमुना अत्याधुनिक प्रबिधियुक्त सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*