नेपाल फाईनान्सको १०.९४ लाख कित्ता शेयर लिलामीमा

२० बैशाख २०८१, बिहीबार ०९:३७

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले संस्थापक समूहको १० लाख ९४ हजार ४७१ दशमलव १८७ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले इच्छुक जोकोही व्यक्ति, कम्पनी र संस्थाहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो ।

यस लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतमा १० ले भाग जाने सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड, कम्पनीको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयका साथै प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

यस शेयरमा आज (वैशाख २० गते) देखि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति जेठ ३ गते कार्यालय समयसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*