सन सेक्युरिटिजमा आजीवन निःशुल्क डिम्याट खाता खोल्न सकिने

२० बैशाख २०८१, बिहीबार १२:३२

काठमाडौँ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आज वैशाख २० गतदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई पुँजी बजारमा लगानीका लागि आवश्यक पर्ने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्न सकिने भएको हो ।

रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आवद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ । यस कम्पनीको वेबसाइटमा गएर रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।

साथै, सन सेक्युरिटिजका कर्मचारीहरु समक्ष भिडियोमा उपस्थित भइ भिडियो केवाइसी भेरिफाई गर्न पनि सकिने वा स्वयमले भिडियो केवाइसिमा दिइएको निर्देशनहरुको पालना गरी भिडियो केवाइसी भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*