वैदेशिक रोजगारमा ज्यान गुमाएका लिम्बुको परिवारलाई सूर्यज्योति लाइफको १४ लाख दावी भुक्तानी

२० बैशाख २०८१, बिहीबार १४:३६

काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखा कार्यालयले स्वर्गिय बीमित बर्षात लिम्बुको परिवारलाई मृत्यु दाबी वापतको १४ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले बीमितको घरमै गई स्वर्गिय बर्षात लिम्बुको बुवा चन्द्र बहादुर लिम्बुलाइ दाबी वापतको रक हस्तान्तरण गरेको इलाख शाखा प्रमुख भिम पौडेलले जानकारी दिए ।

बीमा दावी भुक्तानी कार्यक्रममा कम्पनीको इलाम शाखा प्रमुख भिम पौडेल, अपरेशन इन्चार्ज होमनाथ दाहाल, र स्थानीय टोल अदक्ष, स्थानीय वडाका वडासदस्य, स्थानीय बासिन्दा हरु लगायतको बृहत उपस्थिति रहेको थियो ।

सूर्यज्योति लाइफका इलाम शाखा कार्यालय प्रमुख भिम पौडेलले बीमा दावी भुक्तानी कार्यक्रमलाई सम्बोधन गर्दै आम नागरिकलाई सूर्यज्योति लाइफमा बीमा गर्न आग्रह गरेका छन् ।

साथै उनले स्वर्गिय बीमित लिम्बुप्रति समवेदना प्रकट गर्दै बीमा दावी भुक्तानीको रकमले केही मात्रामा भएपनि आर्थिक संकटबाट बचाउने प्रतिवद्धता जनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*