स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर

२० बैशाख २०८१, बिहीबार १४:४९

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सहायक प्रबन्धकमा १ जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा अधिकतम २० जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईईउत्तिर्ण गरेको देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख १९ गते) ले १५ दिन भित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*