३ लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट

२० बैशाख २०८१, बिहीबार १५:१६

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ७ दशमलव ३१ अंकले घटेर १९९८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै कारोबार रकम र अधिकांश कम्पनीको शेयरमूल्यमा पनि गिरावट आएको छ । बिहीबार समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त लगायत तीन वटा लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज विजया लघुवित्तको ९ दशमलव ७१ प्रतिशत, आरएसडिसी लघुवित्तको ८ दशमलव ७१ प्रतिशत, जनउत्थान लघुवित्तको ८ दशमलव ३७ प्रतिशत लगायतका अन्य लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*