टिकेन शेयर बजारको उत्साह, ११ उपसूचक राताम्य हुँदा परिसूचक दुई हजार बिन्दु तल

२० बैशाख २०८१, बिहीबार १५:०८

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार खुम्चिएको छ । बुधबार दोहोरो अकंले बढेको बजार आज भने ओरालो लागेको हो ।

अहिले शेयर बजारमा लगानीकर्ताले मुख्य बाधकको रुपमा नीतिगत अवरोधलाई लिइरहेका छन् । नियामकबाट नीतिगत सुधार नभएसम्म बजारले गति लिन नसक्ने तर्क लगानीकर्तामा रहेदै आएका छन् । अर्थमन्त्रालयले समेत लगानीकर्तासँग मागेको पुँजी बजार सुधारको माग दराजमा थन्काएर राखेको छ । यता, राष्ट्र बैंक समेत शेयर बजारका बाधा फुकुवा गर्ने तिर ध्यान दिइ रहेको पाइदैन ।

अहिले नियामकबाट लगानीकर्ताको मनोबल उच्च हुने काम हुनुपर्नेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अकंले घटेर १९९८.९६ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०८ कम्पनीको ९४ लाख ४ हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ३९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचक राताम्य भएका छन् । माइक्रोफाइनान्स समूह र व्यापार समूहको शेयर मूल्यमा मात्र सुधार देखिएको हो । बिहिबार बैंकिङ समूह ०.८२ प्रतिशत, विकास बैंक समूहको २.०३ प्रतिशत, फाइनान्स समूहको ०.४६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

साथै, आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज समता घरेलु लघुवित्त, इन्फिनीटि लघुवित्त र साधाना लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

बिहिबार आइएमई लाइफमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीले ३४ प्रतिशत लाभांश दिएसँगै कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको १५ करोेड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*