के अब लगानीकर्ताका आँखा माइक्रोफाइनान्स तिर परेको हो ?

२० बैशाख २०८१, बिहीबार १७:५५

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन ११ उपसूचक राताम्य हुँदा माइक्रोफाइनान्स र व्यापार समूह भने वृद्धि भएको छ । अन्य उपसूचकमा भारी गिरावट आएपनि माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आँखा परेको हो ।

केहि दिन अघि फाइनान्स कम्पनीमा लगानीकर्ता झुम्मिएका थिए । वित्तीय रिपोर्टसँगै लाभांश क्षमतामा नाजुक फाइनान्स सेक्टर लगानीकर्ताले परिवर्तन गरेका छन् । आज १५ फाइनान्स मध्य ११ को शेयर मूल्य घटेको छ भने पाँचको मात्र सुधार देखिएको छ । आज पोखरा, गोर्खाज र नेपाल फाइनान्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ ।

फाइनान्स सेक्टर चलखेल गरेका माफियाहरुले अब शेयर बिक्री गर्दै अन्य सेक्टर तिर लागि रहेका एक ब्रोकरले बताए । उनले भने, ‘जति चलखेल गर्ने सक्थ्ये गरी सके । अब आफु चलखेल गर्नेहरु आफु बाहिर आउने र स–साना लगानीकर्ता फस्ने बेला आएको हो । अब चलखेल गर्नेहरुले फाइनान्स सेक्टरको शेयर बिक्री गरेर नयाँ सेक्टर रोजी रहेका छन् । अहिले माइक्रोफाइनान्स तिर लगानीकर्ताको आकर्षण थपिने देखिएको देखिएको छ ।’

वित्तीय सूचकमा सबल नै रहेका माइक्रोफाइनान्समा लगानीकर्ता सुरक्षित नै रहेको एक लगानीकर्ताले बीमापोष्टलाई बताए । ‘अन्य क्षेत्रको भन्दा माइक्रोफाइनान्सको वित्तीय अवस्था समेत बलियो छ । लाभांश दिन सक्ने क्षमता समेत अब्बल रहेको छ । प्रतिशेयर नेटवर्थ र वितरणयोग्य नाफा समेतमा समेत अरु क्षेत्र भन्दा लघुवित्त बलिया छन् । लगानीकर्ताको यता लगानी सुरक्षित नै रहेको छ’ उनले भने ।

माइक्रोफाइनान्स सेक्टरका आज ४९ कम्पनीको शेयरमा सुधार आएको हो । आज २ कम्पनीको मात्र मूल्य घटेको हो । समग्र अवस्था हेर्दा बजार घट्दा समेत लगानीकर्ता माइक्रोफाइनान्स तिर झुम्मिनु लघुवित्तका लगानीकर्ताको आकर्षण रहेको प्रष्ट हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*