लक्ष्मी सनराइज बैंकको विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने

२० बैशाख २०८१, बिहीबार १८:२४

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको विद्युतिय भुक्तानी उपकरणहरु र बैंकको वेवसाइट अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

डेटा सेन्टरमा केही प्राविधिक स्तरोन्नतीको कार्य गर्नुपर्ने भएकोले शनिबार अर्थात् बैशाख २२ गते बिहान ६ बजे बैंकका डेबिट । क्रेडिट कार्ड, एटिएम तथा पोइन्ट अफ सेल, मोबाइल मनी, इन्टनेट बैंकिङ्ग, क्यू–आर कोड लगायतका विद्युतिय भुक्तानी उपकरणहरु र बैंकको वेवसाइट समेत अवरुद्ध हुने जनाइएको छ । बैंकका अनुसार उक्त सेवा करिब १ घण्टाका लागि मात्र अवरुद्ध हुने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*