शेयरबजारमा म्युचुअल फण्डको हिस्सा साढे ३० अर्ब, कुन फण्डको नाफा कति ?

२३ बैशाख २०८१, आईतवार १५:१६

काठमाडौँ । पुँजीबजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ ।

हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले फागुनमा ६६ करोड ४६ लाख १२ हजार रुपैयाँ नाफा कमाएकोमा चैतमा भने ऋणात्मक अवस्थामा रहेका छन् । चैत २१ वटा फन्डहरु मात्रै नाफामा देखिएका छन् । यी बाहेकका २३ वटा फन्डहरु भने घाटामा देखिएका हुन् ।

माघको तुलनामा फागुनमा भने म्युचुअल फण्डको नाफा ३३.३७ प्रतिशतले बढेको थियो । चैतमा राजनीति अस्थिरता र अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधारका लागि गरेको प्रतिवद्दता पुरा नहुँदा खस्किन पुगेको हो ।

चैत महिनामा प्रभु सेलेक्ट फण्डले सबै भन्दा बढी नाफा कमाउन सफल भएको छ । फण्डले चैत महिनामा ९ करोड १४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै, हिमालयन ८०–२० को नाफा ५ करोेड ९४ लाख १ हजार रुपैयाँ, एनआइसी एशिया ग्रिथ फण्डको ५ करोड ४३ लाख ८३ हजार रुपैयाँ, एनआइसी एशिया डाइनामिक डेबिट फण्डको ४ करोड २० लाख रुपैयाँ, आरबिबि म्युचुअल फण्डको ३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

म्युचुअल फण्डमा आंशिक रूपमा केही सामान्य असर लकइन अवधिको समेत परेको हुनु सक्ने लगानीकर्ताहरु बताउँछन् । शेयर बजारमा ठुलो हिस्सा म्युचुअल फण्डको समेत रहेको हुँदा बजार चलायमान भए नाफामा सकारात्मक परिवर्तन देखिने एक लगानीकर्ताले बताए । ‘बजार पछिल्लो समय चलायमान हुन सकेको छैन । बजार अलि चलायमान हुँदा म्युचुअल फण्डको नाफामा आकर्षण देखिन्छ’ उनले भने ।

शेयर बजारमा लगानी

म्युचुअल फण्डहरुले शेयरबजारमा साढे ३० अर्ब रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले शेयर बजारमा ३० अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका हुन् ।

यो फागुन महिनाको तुलनामा ०.२६ प्रतिशतले बढेको छ । फागुन महिनामा म्युचुअल फण्डहरुले शेयर बजारमा ३० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका थिए । बजारले चैतमा लय लिन सकेको थिएन् । लगानी गरेको म्युचुअल फण्डको शेयर मूल्य धेरै तल जाँदा लगानी पनि केहि घटेको हो ।

शेयर बजारमा सबै भन्दा बढी लगानी एनआइबिएल सहभागिता फण्डको रहेको छ । फण्डले चैतमा शेयर बजारमा १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ लगानी गरेको हो । जुन माघको तुलनामा १.३५ प्रतिशत बढी लगानी हो ।

त्यस्तै, चैतमा एनएमबि सरल बचत फण्डद इको १ अर्ब ३९ करोड ४ लाख रुपैयाँ, सिद्धार्थ इक्वाटी फण्डको १ अर्ब १६ करोड ५ लाख रुपैयाँ, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ को १ अर्ब ८ करोड ५६ लाख रुपैयाँ, एनएमबि ५० को १ अर्ब ४ करोड ९६ लाख रुपैयाँ र सानिमा इक्वाटी फण्डको १ अर्ब १ करोड २८ लाख रुपैयाँ शेयर बजारमा लगानी रहेको हो । अन्य ३८ फण्ड लगानी भने १ अर्ब भन्दा मुनी रहेको छ ।

शेयर बजारमा म्युचुअल फण्डको लगानी वृद्धि हुन नसकेको एनएमबि क्यापिटलका म्युचुअल फण्ड विभागका प्रमुख आशिषराज पाण्डेले बताए । ‘बजार अहिले बढ्न सकेको छैन । फण्डले लगानी गर्ने भनेको बजार मै हो । मार्केटको नै प्रतिफल राम्रो नभएकाले सुधार हुन सकेन । म्युचुअल फण्डको लगानीको क्षेत्र सीमित नै रहेको छ । बजार भन्दा बाहिर लगानी गर्ने पाउँदैन सोही कारण लगानी कम नै भएको छ’ उनले भने ।

कुनको कति ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*