दोल्ती पावरसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२३ बैशाख २०८१, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से पसिूचक २४ दशमलव ५८ अंकले घटेर १९७४ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै अधिकांश कम्पनीका लगानीकर्ताहरुले ठुलो मात्रामा आफ्नो लगानी गुमाएका छन् । आइतबार कारोबार भएका ३१६ कम्पनीहरुमध्ये १९६ वटाको शेयरमूल्यमा गिरावट आउँदा ४२ कम्पनीको शेयरमूल्य बढेको छ ।

आइतबार दोल्ती पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ५६ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ । कम्पनी शेयरमूल्य सो प्रतिशतले बढेर ४९३ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, साधना लघुवित्तको ८ दशमलव ७२ प्रतिशत, समता घरेलु लघुवित्त कम्पनीको ८.७२ प्रतिशत, ११ प्रतिशत केबिएल डिभेन्चरको ४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*