गरिमा विकास बैंकको ४.२६ लाख कित्ता शेयर बिक्रीमा

२४ बैशाख २०८१, सोमबार ०६:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९०.३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले जेष्ठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकएको समयावधिभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*