आशा लघुवित्तको नाफा १७ प्रतिशत वृद्धि, प्रतिशेयर आम्दानीमा गिरावट

२४ बैशाख २०८१, सोमबार ०७:२३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा १७.४८ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको चैत्र मसान्तसम्म कम्पनीले तीन करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले तीन करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफा पनि १६.६७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म पाँच करोड ४९ लाख रुपैयाँ संचालन नाफा कमाएको छ । जबकी गत आवको सोही अवधिमा कम्पनीको संचालन नाफा चार करोड ७० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ७१.५७ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा १८ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थियो । समीक्षा अवधिमा कम्पनीको खुद फी तथा कमिसन आय २९ लाख रुपैयाँबाट बढेर आठ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल संचालन आम्दानी ४४ करोड २१ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा ७८.८९ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीको कुल संचालन आम्दानी २४ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज ३९.५१ प्रतिशतले घटेको छ । गत आवको चैत्र मसान्तसम्म चार करोड नौ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रहेको यस कम्पनीको चालु आवको सोही अवधिसम्म आइपुग्दा घटेर दुई करोड ४८ लाख रुपैयाँमा झरेको छ ।

चालु आवमा कम्पनीको खुद संचालन आम्दानी ४१ करोड ७३ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा १०२.४३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी २० करोड ६१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले कर्मचारीहरूमा गर्ने खर्च १४४.७३ प्रतिशतले बढेर २७ करोड २२ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ११ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३.४८ रुपैयाँले घटेर ८.०७ रुपैयाँमा झरेको छ । यससँगै कम्पनीको खराब कर्जा ४.९३ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ८४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा १२ करोड ३३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस कम्पनीको आधार दर १८.८९ प्रतिशत, मूल्य आम्दानी अनुपात ९१.११ गुणा, प्रति शेयर नेटवर्थ १५८.९९ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १५६८.१० रुपैयाँ र तरलता अनुपात २.९९ प्रतिशत रहेको छ ।

यस अवधिसम्म कम्पनीको चुक्ता पूँजी ६४ करोड १६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार २४ करोड ६६ लाख रुपैयाँबाट बढेर २५ करोड ५१ लाख रुपैयाँ पुगको छ । यस अवधिसम्म कम्पनीले नौ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*