सूर्योदय वोमी लघुवित्तको वित्तीय अवस्था नाजुक, अधिकांश सूचकमा गिरावट

२४ बैशाख २०८१, सोमबार ०९:२६

काठमाडौं । सूर्याेदय वोमी लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ५९.३१ प्रतिशतले घटेको हो ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले दुई करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म कम्पनीले पाँच करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.८४ प्रतिशत, खुद फी तथा कमिशन आम्दानी ७.७९ प्रतिशत, कुल संचालन खर्च १२.६४ प्रतिशत र संचालन मुनाफा ५८.४८ प्रतिशतले घटेको छ ।

चालु आवको चैत्र मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ३५ लाख १२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले कर्मचारीमा गरिने खर्चमा ०.८९ प्रतिशतको कटौती गरेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानीमा पनि ६.१३ रुपैयाँको गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९.४९ रुपैयाँबाट घटेर ३.३६ रुपैयाँमा झरेको छ । सो अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात २२६.०३ गुणा र प्रतिशेयर नेटवर्थ १५७.३८ रुपैयाँ रहेको छ ।

९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १७ करोड ५५ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*