आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासहित सबै सूचांकमा वृद्धि

२६ बैशाख २०८१, बुधबार १०:३६

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, इपीएस लगायतका महत्वपूर्ण वित्तीय सूचांकहरुमा उल्लेख्य मात्रामा वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ४६ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही त्रैमाससम्ममा १६ करोड ६३ लाख रुपैयाँ रहेको खुद नाफा अहिले १८१.०४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा खुद बीमा शुल्क आम्दानीसँगै कमिसन र लगानी तथा कर्जाबाट आम्दानी बढेपछि खुद नाफामा पनि वृद्धि भएको छ ।

कम्पनीको बीमा शुल्क आम्दानी ८८.२६ प्रतिशतले बढेर ८६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यस्तै, कमिसन आम्दानी पनि १७ करोड ९४ लाख रुपैयाँबाट बढेर ३३ करोड ७८ लाख पुगेको छ । कर्जा तथा लगानीबाट आम्दानी २६३.२० प्रतिशतले बढेर ४९ करोड ६४ लाख रुपैयाँ पुगाउँन कम्पनी सफल भएको छ ।

कम्पनीले समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ९७ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । साथै मर्जरपश्चात कम्पनीले अधिकांश खर्चहरुमा कटौती गर्दै व्यवसायलाई द्रुत गतीमा अघाडी बडाएको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष १२ रुपैयाँ ३० पैसा रहेको यसको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ५८ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ९२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*