हिमालयन लाइफको मुनाफा साढे ४३ करोड, यस्तो छ समग्र वित्तीय अवस्था

२६ बैशाख २०८१, बुधबार १०:५८

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १५ अर्ब १५ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १४.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च १०.७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी पनि ०.९३ रुपैयाँले घटेर ७.२४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*