राष्ट्रिय बीमा कम्पनीको खुद नाफा आर्जन ५१ करोड, अधिकांश सूचांकमा गिरावट

२७ बैशाख २०८१, बिहीबार ११:०८

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकहरुमा सामान्य गिरावट देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा आर्जन गत वर्षको यस अवधिको तुलनामा भने २४.७८ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको कमिसन, लगानीबाट हुने आम्दानी र अन्य आम्दानीमा गिरावट आएको छ । जस कारण नाफामा असर परेको हो । चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको कोषमा १ अर्ब ११ करोड रकम छ । बीमा शुल्क सङ्कलन पनि ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ । यस अवधिसम्म आइपुग्दा यो कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*