हिमालयन रिइन्स्योरेन्सको मुनाफा शतप्रतिशतले वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

३० बैशाख २०८१, आईतवार ०९:५४

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित सम्पूर्ण वित्तीय सूचांकहरुमा प्रगती झल्किएको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको खुद नाफा १००.५४ प्रतिशतले वृद्धि भई ९३ करोड ११ ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४६ करोड ४३ लाख थियो ।

यस अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १२३.९६ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड पुगेको छ भने कम्पनीको कुल आम्दानी पनि ९०.५८ प्रतिशतले बढेर ४ अर्ब २७ करोड पुगेको छ । १० अर्ब चुक्ता पुंजी रहेको कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै रिटेन रिजर्भमा ७७ करोड ५० लाख रहेको छ भने स्पेसल रिजर्भमा ९२ करोड ११ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ४१ पैसा, प्रति शेयर नेटवर्थ १४९.९७ रुपैयाँ, र पीई रेसियो ४९.१५ गुणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*