बीमा सचेतनामार्फत बीमाको पहुँच बृद्धि गर्ने कार्यमा खेलेको भूमिका सह्रानीयः अर्थमन्त्री वर्षमान पुन अनन्त

३१ बैशाख २०८१, सोमबार ०७:०२

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको दीगो विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चौथो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री पुनले आम नागरिकको जोखिम बहन गर्ने र देशको पुँजि निर्माणमा भूमिका निर्वाह गर्ने बीमा क्षेत्रको समग्र विकासमा अनलाईन सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुहुँदै चौथो बार्षिकोत्सवको अवसरमा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

अर्थमन्त्री वर्षमान पुनले दिनु भएको शुभकामना सन्देशः

शुभकामना

विकास, सुशासन र अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धिमा राष्ट्रको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको महत्वपूर्ण भूमिका रहन्छ । २०७८ साल वैशाख ३१ गते शुक्रवारदेखि सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यमलाई चौथो बार्षिकोत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु ।

वित्तीय क्षेत्रको मेरुदण्डको रुपमा रहेको बीमा क्षेत्रले आम नागरिकको आर्थिक जोखिम उपर रक्षावरण र पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको सर्वविदितै छ । नेपालमा बीमाको समावेशी पहुँच अभिवृद्धि गर्ने, बीमाका अन्तर्राष्ट्रिय मापदण्डहरु परिपालना गर्ने तथा बीमा क्षेत्रमा देखिएका विकृति निवारण गर्नु पर्ने चुनौती विद्यमान रहेको छ ।

यस सन्दर्भमा आम नेपाली जनतालाई बीमा सचेतनामार्फत बीमाको पहुँच वृद्धि गरी दायरा फराकिलो पार्ने कार्यमा यस अनलाईनले खेलेको भूमिका सहानीय रहेको छ। यसलाई अझै अब्बल तुल्याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, मर्यादित, स्वच्छ व्यवसायिक एवं निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको उन्नयनका लागि गर्दै आएको कार्यलाई थप मजबुत बनाउन भूमिका खेल्नु हुनेछ भन्ने आशा व्यक्त गर्दै बीमापोष्टले मनाउन लागेको चौथो बार्षिकोत्सवको अवसरमा पुनः बधाई तथा उज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

वैशाख ३१, २०८१

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*