बीमाको पहुँच बृद्धि, दायरा फराकिलो पार्न उदाहरणीय भूमिका खेल्न सफल रहोस्ः अध्यक्ष सुर्यप्रसाद सिलवालको शुभकामना सन्देश

३१ बैशाख २०८१, सोमबार ०७:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यमले बीमित, बीमा कम्पनीहरु, नियामक निकाय र सरकारको बीचमा रहेर पुलको काम गर्न शुभकामना दिनु भएको छ ।

चौथो बार्षिकोत्सवको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष सिलवालले बीमापोष्टले नेपाल सरकार एमव् यसका नियामक निकायहरु, नियमनकारी संस्थाहरु, आम बीमितहरु, बीमकहरु एवम् बीमा सम्बन्धी सम्पूर्ण सरोकारवालाहरुका बीचमा सूचना आदान प्रदानको लागि पुलको रुपमा कार्य गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

अध्यक्ष सिलवालले बीमा सचेतना, बीमाको पहुँच बृद्धि, दायरा फराकिलो पार्ने कार्यमा प्रभावकारी भूमिका खेलेर उदाहरणीय कार्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दिनु भएको शुभकामना सन्देशः

शुभकामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.द्वारा सञ्चालित बीमापोष्ट डटकम आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको सुखद् अवसरमा त्यस सञ्चार माध्यममा कार्यरत पत्रकार, कर्मचारी एवम् सम्पूर्ण पाठकहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगतको छातामुनी आम नागरिकहरुको सूचनाको हकको प्रत्याभूती गराउन आधुनिक समाजमा अनलाईन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । बीमा क्षेत्रका पनि विभिन्न सचेतनामूलक सामाग्रीहरु एवम् घटना सम्बन्धी जानकारीलाई यथाशीघ्र स्वतन्त्र, निष्पक्ष, तथा प्रभावकारी रुपमा आम नागरिकहरुमा पुर्याउन तथा समग्र बीमा क्षेत्रको विकास र राष्ट्रको समद्धिमा अनलाईन संचार माध्यमले खेलेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा समेत थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।

बीमा क्षेत्रमा प्रतिनिधिमूलक अनलाईन संचार माध्ययमको रुपमा समचारहरु संम्प्रेषण गरिरहेको बीमापोष्टले नेपाल सरकार एवम् यसका निकायहरु, नियमनकारी संस्थाहरु, बीमितहरु, बीमकहरु एवम् बीमा सम्बन्धी सम्पूर्ण सरोकारवालाहरुका बीचमा सूचना आदानप्रदानको लागि पुलको रुपमा कार्य गरिरहेकोमा धन्यवाद ज्ञापन गर्दछु । देशको आर्थिक क्षेत्रको समाचारहरु संप्रषण गर्न बीमापोष्टकाले अहम् भूमिका निर्वाह गरेकोमा बधाई दिँदै चौथो बार्षिकोत्सवको अवसरमा बीमा सचेतना, बीमाको पहुँच बृद्धि र दायरा फराकिलो पार्ने कार्यमा प्रभावकारी भूमिका खेलेर उदाहरणीय कार्य गर्नेछ भन्ने अपेक्षासहित सफलताको शुभकामना व्यक्त गर्दछु ।

सूर्य प्रसाद सिलवाल
अध्यक्ष

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*