सत्यतथ्य समाचार सम्प्रेषण गर्न थप उर्जा र हौसला मिलोसः नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको शुभकामना

३१ बैशाख २०८१, सोमबार ०६:५०

काठमाडौं । बीमापोष्टको चौथो बार्षिक उत्सवको अवसरमा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले एक शुभकामना सन्देश दिँदै आगामी दिनहरुमा थप उर्जाका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्न उर्जा र हौसला मिलोस् भन्ने शुभकामना ज्ञापन गर्नु भएको छ ।

अध्यक्ष क्षेत्रीले दिनु भएको शुभकामना सन्देशमा बीमित, बीमा कम्पनीहरु दुवैको हित प्रबद्र्धनमा थप टेवा पुर्याउनुका साथै बीमा क्षेत्रमा घट्नसक्ने विकृति, विसंगति तथा बेथितिहरुका विरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको उल्लेख छ ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले दिनु भएको शुभकामना सन्देशः

शुभकामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको चौथो वर्षमा प्रवेश गरेको पुनित उपलक्ष्यमा सम्पादक, संचालक समितिका सदस्य, कर्मचारी वर्ग तथा यस सञ्चार माध्यम मार्फत सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै समग्र बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा खेलेको भूमिकाको उच्च कदर गर्दछौं ।

बीमा क्षेत्रमा कलम चलाउदै आईरहेको बीमापोष्ट डटकमको योगदान निकै सरहानीय रहेको छ । प्रजातान्त्रिक समाजमा सुसुचित हुन पाउने नागरिकको नैसर्गिक अधिकारलाई मूर्तता दिन यस मिडियाले अतुलनिय योगदान पुरÞ्याउदै आईरहेको जगजाहेर छ । बीमा क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिकामा समेत रहेर समाचार सम्प्रेषण गर्दै आईरहेको बीमापोष्टलाई आगामि दिनहरुमा थप उर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको छु ।

बीमा कम्पनीहरूले अनलाईन सञ्चार माध्यमको उपयोगद्धारा समय, अर्थ र श्रमको बचत गर्न सक्दछन् भन्ने विश्वासका साथ यस अनलाईन सञ्चार माध्यमले समग्र बीमा क्षेत्रको विकास र विस्तारमा खेल्दै आएको भूमिका प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

आगामी दिनमा समेत यस्ता सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैको हित प्रवर्धनमा थप टेवा पुरÞ्याउनुका साथै वीमा क्षेत्रमा घट्न सक्ने विकृति, बिसंगती तथा बेथितिहरूको बिरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको छु ।
अन्त्यमा, बीमापोष्टले मनाउन लागेको चौथौ बार्षिकोत्सवको पावन अवसरमा मेरो व्यक्तिगत तथा नेपाल बीमक संघको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*