आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर समाचार प्रकाशित गर्न सफलरहोसः सेबोन कार्यकारी निर्देशक डा. नबराज अधिकारीको शुभकामना ।

३१ बैशाख २०८१, सोमबार ०६:४७

काठमाडौं । बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले शुभकामना ज्ञापन गर्दै बीमापोष्टले पुँजि बजारको संवेदनशिलतालाई ख्याल गर्दै यथार्थपरक सूचना र समाचार सम्प्रेण गर्न सफलता मिलोस् भन्ने शुभकामना ज्ञापन गरेका छन् ।

बीमापोष्टको बार्षिकोत्सवको अवसरमा डा. अधिकारीले आज दिनुभएको शुभकामना सन्देशमा आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर सही र निष्पक्ष सूचना तथा जानकारी आधारित स्वच्छ, पारदर्शी तथा विश्वसनीय पुँजि बजार गतिविधिहरुले यसको दीगो एवम् भरपर्दो विकास र अर्थतन्त्रमा दीर्घकालिन पुँजि परिचालनको प्रभावकारिता सुनश्चित गर्ने उल्लेख छ । साथै डा. अधिकारीले आगामी दिनमा बीमापोष्टले आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर राज्यको चौथो अंगको भूमिका निर्वाह गर्ने कार्यमा सफलताको लागि शुभकामना व्यक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दिनुभएको शुभकामना सन्देशः

शुभकामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि. बाट सञ्चालित बीमापोष्ट डटकमले आफ्नो स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा बीमापोष्ट परिवार तथा सम्बद्ध पक्षहरूमा शुभकामना व्यक्त गर्दछु ।
पुँजी बजार पुँजी परिचालनकर्ता र बचत÷लगानीकर्ता बीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी सही र यथार्थ जानकारी प्रवाहमार्फत् यी दुई पक्षहरूको बीचमा हुने रकमको परिमाण, पुँजी परिचालन, लगानीको समयावधि, पुँजीको लागत, प्रतिफल र पुँजी परिचालनकर्तासम्बन्धी सूचना तथा जानकारीका सम्बन्धमा हुने आधारभूत विभेदहरूलाई प्रभावकारी रूपमा सम्बोधन गरी पुँजी परिचालनकर्तालाई सर्वसुलभरूपमा दीर्घकालीन पुँजी परिचालन गर्न सहयोग पुर्याउने र वचत ÷ लगानीकर्तालाई लगानी तथा जोखिम व्यवस्थापनकालागि उपयुक्त अवसर उपलब्ध गराउने गतिशिल संयन्त्र हो।

देशमा उत्पादनशील गतिविधिहरूमा अभिवृद्धि ल्याउन र उर्जा लगायत अन्य पूर्वाधारहरूको विकास तथा रणनीतिक महत्वका सम्झौताहरू कार्यान्वयनका लागि ठूलो परिमाणमा दीर्घकालीन पुँजी परिचालनको आवश्यकता रहेको छ। सही र निष्पक्ष सूचना तथा जानकारीमा आधारित स्वच्छ, पारदर्शी तथा विश्वसनीय पुँजी बजार गतिविधिहरूले यसको दिगो एवं भरपर्दो विकास र अर्थतन्त्रमा दीर्घकालीन पुँजी परिचालनको प्रभावकारितालाई सुनिश्चित गर्दछ । सूचना तथा जानकारीमा आधारित तथा संवेदनशील पुँजी बजारमा हाल कूल जनसंख्याको २१ प्रतिशत भन्दा बढी जनमानस लगानीकर्ताको रूपमा संलग्न भएको देखिन्छ। उक्त अवस्थालाई मध्येनजर गर्दा देशमा पुँजी बजारको विकास तथा विस्तार एवं व्यापक सुधार गर्नुका साथै सर्वसाधारण लगानीकर्ताहरूलाई बजारसम्बन्धी विषयवस्तुहरूमा सुसूचित एवं जानकार गराउनुपर्ने आवश्यकता रहेको छ ।

स्वच्छ, पारदर्शी तथा विश्वसनीय पुँजी बजार विकासका लागि यथार्थ सूचना तथा जानकारीको महत्वपूर्ण भूमिका रहन्छ। पुँजी बजारमा भएका नयाँ परिवर्तन तथा बजारमा सहभागी संस्थाहरूको सेवा तथा सूचीकृत कम्पनीहरूका गतिविधिका सम्बन्धमा लगानीकर्ताहरूलाई सही र यथार्थ सूचना प्रवाहमा सञ्चार क्षेत्रको अहम् भूमिका रहन्छ। यस परिवेशमा बीमा तथा आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखी सूचना तथा समाचार प्रकाशन गर्दै आएको बीमापोष्ट डटकमले देशको चौथो अंगको रूपमा अत्यन्त जिम्मेवारीपूर्वक अध्ययन÷अनुसन्धान तथा तथ्यमा आधारित भई पुँजी बजारको संवेदनशीलतालाई समेत दृष्टिगतगरी यससम्बन्धी सूचना तथा जानकारीहरू प्रकाशन तथा प्रसारण गर्ने अपेक्षा गर्दछु ।

अन्त्यमा, वर्तमान प्रतिस्पर्धात्मक युगमा सही र निष्पक्ष सूचना प्रवाह गरी देशको जिम्मेवार तथा विश्वसनीय सशक्त संचार माध्यम बन्न बीमापोष्ट डटकम अझ सक्षम बनोस भन्ने शुभेक्षासहित वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्दछु ।

वैशाख ३१, २०८१

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*