खबरदारीसँगै बीमा क्षेत्रको हितमा बीमापोष्टको कलम चलोस्ः जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलको शुभकामना

३१ बैशाख २०८१, सोमबार ०६:५५

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमापोष्टको चौथो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै जनताको पक्षबाट खवरदारी गर्दै बीमाको पहुँच विस्तार श्रीबृद्धिमा भूमिका खेल्न शुभकामना दिनुभएको छ ।
अध्यक्ष पोषक पौडेलले बीमा क्षेत्रमा बीमापोष्टले चलाएको कलम सह्रानीय रहेको उल्लेख गर्दै बीमित र बीमक दुवैको हितमा आगामी दिनमा कलम चलाउने विश्वास व्यक्त गरेका छन् ।

 

जीवन बीमक संघ, नेपालका अध्यक्ष पोषक राज पौडेलले दिनुभएको शुभकामना

शुभकामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको चौथो वर्षमा प्रवेश गरेको पुनित उपलक्ष्यमा सम्पादक, संचालक समितिका सदस्य, कर्मचारी वर्ग तथा यस सञ्चार माध्यम मार्फत सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बीमा क्षेत्रमा कलम चलाउदै आईरहेको बीमापोष्ट डटकमको योगदान निकै सरहानीय रहेको छ । बीमाको बजारलाई थप उर्जा दिन र बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा बीमापोष्ट डट कम परिवारलाई विशेष धन्यवाद व्यक्त गर्न चाहान्छु ।

बीमा क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिकामा समेत रहेर समाचार सम्प्रेषण गर्दै आईरहेको बीमापोष्टलाई आगामि दिनहरुमा थप उर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको छु । बीमा कम्पनीहरूले अनलाईन सञ्चार माध्यमको उपयोगद्धारा समय, अर्थ र श्रमको बचत गर्न सक्दछन् भन्ने विश्वासका साथ यस अनलाईन सञ्चार माध्यमले समग्र बीमा क्षेत्रको विकास र विस्तारमा खेल्दै आएको भूमिका प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

आगामी दिनमा समेत यस्ता सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैको हित प्रवर्धनमा थप टेवा पुर्याउनुका साथै वीमा क्षेत्रमा घट्न सक्ने विकृति, विसंगती तथा बेथितिहरूको बिरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको छु ।
अन्त्यमा, बीमापोष्टले मनाउन लागेको चौथौ वार्षिकोत्सवको पावन अवसरमा मेरो व्यक्तिगत तथा जीवन बीमक संघको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

 

पोषकराज पौडेल
अध्यक्ष
२०८१ बैशाख ३१

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*