जीवन बीमा कम्पनीहरुको ब्यवसाय १२ प्रतिशतले बढ्योः मर्जरपछि वृद्धिदरमा उल्लेख्यनीय सुधार, कुनले कति गरे?

१ जेष्ठ २०८१, मंगलवार १३:३६

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय रिपोर्ट अनुसार ब्यवसायमा सुधार भएको हो । आर्थिक मन्दि कायमै रहँदा समेत जीवन बीमा कम्पनीहरुले आफ्नो ब्यवसायमा सुधार ल्याउन सफल भएका हुन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब १२ अर्ब ३२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त ब्यवसाय १२.२६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुले १ खर्ब ५ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

यसअवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफको अग्रताका कायमै रहेको छ । कम्पनीले यसअवधिमा २९ अर्ब ४३ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीको वित्तीय रिपोर्टमा उल्लेख गरीएको छ ।

त्यस्तै, कुल बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ, तेस्रो नम्बरमा एलआइसी नेपालले १२ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन लाइफले १२ अर्ब ३३ करोड १३ लाख रुपैयाँ, पाँचौ नम्बरमा राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

साथै, क्रमशः सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ७५ करोड, रुपैयाँ, सानिमा रिलायन्सले ४ अर्ब २७ करोड रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब २४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड रुपैयाँ, रिलायबल नेपालले २ अर्ब ७८ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

वृद्धिदरको आधारमा को कति ?

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबैभन्दा बढी कुल बीमा शुल्क वृद्धि गर्ने कम्पनीका सानिमा रिलायन्स लाइफ पहिलो नम्बरमा रहेको छ । कम्पनीले आफ्नो ब्यवसाय ११८.९३ प्रतिशतले वृद्धि गरेको हो ।

कुल बीमा शुल्क वृद्धि गर्ने दोस्रो नम्बरमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीले यस अवधिमा आफ्नो ब्यवसाय ९९.५३ प्रतिशतले बढाएको हो ।

साथै, सूर्यज्योति लाइफले ३७.८० प्रतिशत, नेशनल लाइफले १३.४४ प्रतिशत, एशियन लाइफले ११.३९ प्रतिशत, आइएमई लाइफले १०.२४ प्रतिशत, रिलायबल नेपालले ८.८१ प्रतिशत, हिमालयन लाइफले ८.६२ प्रतिशत, नेपाल लाइफले ७.९७ प्रतिशत, मेट लाइफले ६.७५ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले ६.५७ प्रतिशत र सिटिजन लाइफले ५.६१ प्रतिशतले कुल बीमा शुल्क आर्जन वृद्धि गरेका हुन् ।

२ कम्पनीको ब्यवसाय घट्यो

यसअवधिमा एलआइसी नेपालको ०.३७ प्रतिशत र सन नेपाल लाइफको ३.७२ प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*