नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय अवस्था कस्तो ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ? (तथ्याङ्क सहित)

२ जेष्ठ २०८१, बुधबार १२:४९

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा सुधार देखिएको कारण मुनाफामा समेत सकारात्मक देखिएको छ।

चुक्ता पुँजीको आधारमा हेर्ने हो भने सदाझै अग्रस्थानमा कारोबार गर्दै आएको कम्पनी परेको छ। भने यस बर्ष खुद नाफा र प्रतिसेयर आम्दानीमा एशियन लाइफ अग्रस्थानमा रहेको छ।

चुक्ता पुँजीको आधारमा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ रहेको छ।तेस्रो त्रैमासमा चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ ।

दोस्रोमा हिमालयन लाइफको चुक्ता पुँजी पनि ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ छ ।

तेस्रोमा नेसनल लाइफको चुक्ता पुँजी ५ अर्बभन्दा धेरै छ । बाँकी ९ कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ भन्दा कम छ ।

संचित कोषको आधारमा

संचित कोषको आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीको संचित कोषमा २ अर्ब २९ करोड ८ लाख ५२ हजार रुपैयाँ छ ।१ वर्षको अवधिमा ७ कम्पनीको रिटेन्ड अर्निङ बढेको छ भने ५ कम्पनीको घटेको छ ।
सबैभन्दा धेरै रिटेन्ड अर्निङ बढ्नेमा एलआइसी नेपाल रहेको छ । यसको रिटेन्ड अर्निङ १९१.४८ प्रतिशतले बढेको छ ।

खुद बीमाशुल्कको आधारमा

तेस्रो त्रैमासको अवधिमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको समग्रमा खुद बीमा शुल्क १२.९६ प्रतिशतले बढेर ९७ र्अ ९४ करोड ७८ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ८६ अर्ब ७१ करोड ४ लाख ६७ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका थिए ।

सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । एक वर्षको अवधिमा यस कम्पनीको खुद बीमाशुल्क आर्जन ८.५० प्रतिशतले बढेर २९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

 

कर्जा तथा लगानीबाट हुने आम्दानीको आधारमा

नेप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीहरुको कर्जा तथा लगानीबाट हुने आम्दानी समग्रमा २१.१४ प्रतिशतले बढेर ३६ अर्ब ५४ करोड २१ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा कम्पनीहरुको कर्जा तथा लगानीबाट हुने आम्दानी ३० अर्ब १६ करोड ४९ लाख ७२४ हजार रुपैयाँ थियो ।

कर्जा तथा लगानीबाट सबैभन्दा धेरै आम्दानी गर्नेमा नेपाल लाइफ छ । यसको कर्जा तथा लगानीबाट हुने आम्दानी ९.६५ प्रतिशतले बढेर १० अर्ब ९३ करोड १६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

 

मुनाफाको आधारमा
नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुको समग्र खुद नाफा ४४.११ प्रतिशतले बढेको छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा यी कम्पनीहरुले ४ अर्ब ६२ करोड ३७ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ अर्ब २० करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा एसियन लाइफ रहेको छ । यसको खुद नाफा २५४.९२ प्रतिशतले बढेर ६९ करोड ११ लाख ६ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा हिमालयन इन्स्योरेन्स बाहेक सबै कम्पनीको खुद नाफा बढेको छ ।

 

प्रतिसेयर आम्दानीको आधारमा

तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एसियन लाइफ रहेको छ ।
यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसाले बढेर २९ रुपैयाँ २० पैसा पुगेको छ । यसअवधिमा ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ४ को घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*