प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेका बीमा कम्पनीहरुको वित्तिय सूचक कस्तो छ ?

२ जेष्ठ २०८१, बुधबार १६:५८

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेका चार जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

सिटिजन लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ प्रिमियममा आइपीओ निष्कासन गरेका चार बीमा कम्पनीहरुको वित्तिय अवस्था क्रमश सुधारतर्फ अघि बढ्ने प्रयास गरिरहेको तथ्यांङ्कले देखाएको छ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले दिएको चुक्ता पुँजीको निर्णयको कारण प्रिमियम मूल्यमा आइपीओ निष्काशनको प्रकृया अघि बढाएर आइपीओ निष्काशन गरेको कम्पनीहरुको पुँजीको वृद्धि बढी देखिएको छ।
तेस्रो त्रैमासमा वित्तिय विवरण सार्वजनिक गरेका चार कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक अध्ययन यस्तो छ,

चुक्ता पुँजीको आधारमा

चुक्ता पुँजीको आधारमा हेर्ने हो भने चार प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेका कम्पनीमध्ये रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेको छ।
कम्पनीले पुँजी ६५ प्रतिशतले बढाएर ४ अर्ब ६४ करोड रुपैयाँ पुराएको छ ।

त्यस्तै, आइएमई लाइफको पुँजी ४२ प्रतिशतले वृद्धि भएर ४ अर्ब रुपैयाँ रहेको छ ।, सिटिजन लाइफको पुँजी ५० प्रतिशतले वृद्धि भएर ३ अर्ब ९३ करोड रुपैयाा पुगेको छ।

सन नेपाल लाइफको पुँजी ४२ प्रतिशतले वृद्धि भएर ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

संचिती कोषको आधारमा

सन नेपाल लाइफको संचिति कोष सबैभन्दा धेरै रहेको छ । कम्पनीको संचिति कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ।
आइएमई लाइफको ८५ करोड, रिलायबल नेपाल लाइफको ६६ करोड र सिटिजन लाइफको ६३ करोड रुपैयाँ रहेको छ।

खुद बीमाशुल्कको आधारमा

खुद बीमाशुल्कको आधारमा ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
आइएमई लाइफको ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, रिलायबल नेपाल लाइफको २ अर्ब ७३ करोड रुपैयाँ र सन नेपाल लाइफको २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।

 

खुद मुनाफाको आधारमा

मुनाफाको आधारमा सन नेपाल लाइफ अग्रस्थानमा रहेको छ। सन नेपाल लाइफले ४९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। रिलायबल नेपाल लाइफले ३४ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

आइएमई लाइफले ३३ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। सिटिजन लाइफले २८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

प्रतिशेयर आम्दानीको आधारमा

प्रतिशेयर आम्दानीको आधारमा सन नेपाल लाइफ अगाडि रहेको छ। सन नेपाल लाइफको २० रुपैयाँ ५७ पैसा प्रतिशेयर आम्दानी रहेको छ।

त्यस्तै, आइएमई लाइफको ११.०५ रुपैयाँ, सिटिजन लाइफको वार्षिक प्रतिशेयर आम्दानी ९.५३ रुपैयाँ र रिलायबल नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी ९.७८ रुपैयाँ छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*