बीमा कम्पनीमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन कम्पनीले दिन्छ उचित प्रतिफल ?

२ जेष्ठ २०८१, बुधबार १७:३०

काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो तैमाससमम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जस अनुसार अधिकांश कम्पनीहरुका प्रमुख वित्तीय सूचांकहरु उल्लेख्य रुपले वृद्धि भएका छन् ।

जीवन बीमा कम्पनीहरुमध्ये एशियन लाइफ इन्स्योरेन्सले आफ्ना प्रमूख वित्तीय सूचांकहरुमा उल्लेख्य प्रगती गर्न सफल भएको छ । यस अवधिमा ६९ करोड मुनाफा आर्जन गरेको कम्पनीको प्रतिशेयर आम्दानी र शेयरमूल्य पनि सबैभन्दा बढी रहेको छ । ईपीएस २९ रुपैयाँ २० पैसा रहेको कम्पनीको शेयरमूल्य ५७५ रुपैयाँ रहेको छ ।

नेपाली जीवन बीमा क्षेत्रको सबैभन्दा ठुलो कम्पनी नेपाल लाइफले ६० करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८० पैसा र शेयरमूल्य ५९० रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा २० रुपैयाँ ५७ पैसा प्रतिशेयर आम्दानी रहेको सन नेपाल लाइफको शेयरमूल्य आजको दिनमा ४६४ रुपैयाँ रहेकोे छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा मुनाफा पनि आर्जन गरेको छ ।

साथै, चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा हिमालयन लाइफको ईपीएस ७ रुपैयाँ २४ पैसा रहेको छ । यस अवधिमा ४३ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको शेयरमूल्य ३९५ रुपैयाँ रहेको छ । त्यस्तै, नेशनल लाइफको प्रतिशेयर आम्दानी १० रुपैयाँ ३३ पैसा रहेको छ । कम्पनीको शेयरमूल्य ५४५ रुपैयाँ रहेको छ ।

आइएमई लाइफको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७५ प्रतिशतले वृद्धि भएको छ । साथै कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ र शेयरमूल्य ५४० रुपैयाँ रहेको छ । कम्पनीले लगानीकर्ताहरुलाई मुनाफाको आधारितमा राम्रो बोनश र नगद लाभांश वितरण गरेको छ ।

 

निर्जीवन बीमा कम्पनीहरुमध्ये सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी १९३ रुपैयाँ ६५ रुपैयाँ रहेको छ । कम्पनीको मुनाफामा सामान्य गिरावट आएतापनि शेयरमूल्य सबैभन्दा बढी रहेको छ । कम्पनीको शेयरमुल्य १३ हजार ३५० रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा नेपाल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ८२ पैसा रहेको कम्पनीको शेयरमूल्य ८४० रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा नाफा पनि वृद्धि गरेको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको प्रति शेयर आम्दानी ३७ रुपैयाँ ९३ पैसा रहेको छ । कम्पनीको बजार मूल्य ७८५ रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो मुनाफा सबैभन्दा बढी प्रतिशतले वृद्धि गराउन सफल भएको छ । कम्पनीले यस अवधिमा ३९ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ईपीएस ३२ रुपैयाँ ३५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको शेयरमूल्य ६१३ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीले आफ्नो मुनाफामा पनि वृद्धि गर्न सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*