सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

३ जेष्ठ २०८१, बिहीबार १०:१२

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख ३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । कम्पनीले वैशाख १७ गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*