ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

३ जेष्ठ २०८१, बिहीबार १०:३४

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्नेछ ।

त्यसैगरी, हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ ।

.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*