बीमितमैत्री बन्दै आइएमई लाइफ, बैशाख महिनामै ३ करोड बढी दावी भुक्तानी

३ जेष्ठ २०८१, बिहीबार १०:३८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन सफल कम्पनी हो ।

कम्पनीले विभिन्न महिनाहरुमा करिव ५० देखि एक सयभन्दा बढी बीमा दावी भुक्तानी दिदै आएको छ । कम्पनीले बैशाख महिनामा मात्रै विभिन्न स्थानबाट परेका ५३ वटा बीमा दावी वापत ३ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले नागरिकहरुको बीमा गराइसकेपश्चात दावी भुक्तानी, ऋण प्रवाह लगायतका सुविधाहरुलाई सहज र व्यवस्थित गर्दै गएको जनाएको छ ।

साथै कम्पनीका विभिन्न शाखा कार्यालयहरुले पनि दावी परेको छोटो समयमा नै अधिकांश बीमितहरुको घरमा गएर दावी भुक्तानी र बीमा जनचेतना फैलाउदै आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*