जेठ महिनाभित्र कुन-कुन कम्पनीको ‘लकइन’ अवधि सकिदैछ?

३ जेष्ठ २०८१, बिहीबार १०:४७

काठमाडौं । जेठ महिनाभित्रै विभिन्न चार कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिने भएको छ ।लकइन अवधि सकिनुभन्दा १ महिनाअगाडि नै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्थाअनुसार कम्पनीहरुले सूचना जारी गरेका हुन् ।

म्युचुअल फण्ड तथा संस्थापकले होल्ड गरेको विभिन्न ४ कम्पनीका कुल २८ लाख ४० हजार २७५ कित्ता सेयरमा लकइन अवधि सकिने भएको हो । लकइन अवधि सकिएको भोलिपल्टदेखि ती कम्पनीका थप सेयर बजारमा कारोबार गर्न बाटो खुल्नेछ ।

म्युचुअल फण्डहरुले होल्ड गरेको मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ता सेयरमा लक– इन अवधि जेठ १८ गते सकिने भएको छ । त्यस्तै म्युचुअल फण्डहरुले होल्ड गरेको नेपाल वेयरहाउजिङ कम्पनीको ६८ हजार ७५० कित्ता सेयरमा जेठ १९ गते लकइन अवधि सकिने छ ।

भिजन लुम्बिनी ऊर्जाले म्युचुअल फण्डलाई छुट्याएको ९५ हजार ६२५ कित्ता सेयरमा लकइन अवधि जेठ ४ गते सकिने भएको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको संस्थापक समूहको सेयरधनी डोल्मा इम्प्याक्ट फण्ड १ को स्वामित्वमा रहेको २६ लाख ५ हजार ९ सय कित्ता सेयरमा १ वर्षको अवधि जेठ १६ गतेबाट समाप्त हुनेछ । प्राइभेट इक्वीटी कम्पनीहरुले होल्ड गरेको सेयरमा १ वर्ष मात्रै लकइन अवधि रहने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*