सूर्यज्योति लाइफद्वारा १० महिनामा करिव ६७ करोड रुपैयाँको दावी भुक्तानी

३ जेष्ठ २०८१, बिहीबार ११:३७

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्सले एकै महिनामा करिव २ सय वटा बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्चाल मार्फत दावी भुक्तानी सम्बन्धि जानकारी दिएको हो ।

कम्पनीले बैशाख महिनामा १९६ वटा बीमा दावी वापत ७ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८०।०८१ बैशाख मसान्तसम्ममा कम्पनीले एक हजार ८१७ वटा बीमा पोलिसी मार्फत ६६ करोड ६९ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*