अटो सेक्टर नीतिगत अस्थिरताको चेपुवामा, व्यवसायीहरू विदेश पलायन भए: नाडा अध्यक्ष चौधरी

३ जेष्ठ २०८१, बिहीबार १३:२८

काठमाडौँ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले अटो सेक्टरका व्यवसायीहरू विदेश पलायन भइरहेको बताएका छन् । बिहीबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अटो व्यवसाय धरापमा परेको कारण व्यवसायी विदेशी रहेको बताएका हुन् ।

उनले भने, ‘अटो व्यवसाय बन्द गरेर हिँड्न सक्ने अवस्था छैन । तर, धेरै साथीहरूले हरेस खाएर विदेश गई सकेको अवस्था छ । यसरी विदेशीका व्यवसायलाई पलायन भन्ने कि खेदेको भन्ने ।’

सबैलाई अटो सेक्टर राम्रै भएको भ्रम भए पनि व्यवसायी भने नीतिगत अस्थिरताको चेपुवामा परेको अध्यक्ष चौधरीको तर्क थियो । ‘अटो क्षेत्र सान्चै धरापमा छ । सबैलाई राम्रै गरेको छ भन्ने छ । तर, गाडीमा इभि मात्र बिक्री भइरहेको अवस्था छ । अटो सेक्टर इभिमा मात्र सीमित छैन । अटो क्षेत्रका उद्योग संरक्षण गर्नेका लागि सरकारले कुनै पनि कदम चाल्न सकेको छैन। उद्योग सरकारको प्राथमिकतामा कहिले पर्ने सकेन’ उनले भने ।

अटो क्षेत्रमा आएको सङ्कुचनले अटो क्षेत्रबाट राज्यलाई प्राप्त हुने राजस्वमा भारी गिरावट आएको अध्यक्ष चौधरीले बताए । ‘अटो सेक्टरले ९० अर्ब राजस्व राजस्व राज्यलाई तिरेको थियो तर अहिले त्यो झरेर ३० अर्बमा सीमित भएको छ । यसले घाटा कसलाई गरेको छ रु सरकारले अटो क्षेत्रलाई सङ्कुचनमा राख्नु हुँदैन’ चौधरीले भने, – ‘सरकारले काम गर्ने वातावरण दिन सकेन । अटो क्षेत्रलाई प्रोत्साहन गर्दै काम गर्ने वातावरण बनाए सरकारको उद्देश्य पुरा गर्ने हामी भन्दा अघि कोही हुने वाला छैन । हामीलाई सरकारले केही गर्नु पर्दैन हाम्रो बिजनेसलाई फस्टाउने वातावरण बनाइदिनु परो ।’

अटो उद्योग ८० प्रतिशत खस्किसकेको छ, लगानी बढाउन नीतिगत स्थिरता आवश्यकः नाडा उपाध्यक्ष श्रेष्ठ

आगामी मौद्रिक नीतिमार्फत केही नीतिगत अवरोध फुकुवा गर्ने अध्यक्ष चौधरीले माग गरे । उनले भने, ‘बजेटका लागि कुनै सुझाव दिने अवस्थामा अटो क्षेत्र छैन । हामी कर घटाउ कर दायरा बढाउ अन्तःशुल्क घटाउ भन्दा त्यो अवस्था नै छैन । बजेटले हात माग्छ मौद्रिक नीतिले मुख टाली दिन्छ । अर्थतन्त्रको स्थितले नदिमा फाली दिन्छ । माथि उठ्ने अवस्था देखि रहेको छैन । । अब मौद्रिक नीतिको अवस्था हेरेर अलि खुकुलो बनाइदिनु होस् ।’

अटो सेक्टर स्वच्छ व्यवसाय गर्ने क्षेत्र भएकाले यो क्षेत्रलाई गैर कानुनी बनाउन तिर नलैजान अध्यक्ष चौधरीले आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*