अन्तिम समयमा झिनो अकंले बढ्यो बजार, माइक्रोफाइनान्समा उछाल देखिदा ४ अर्ब २३ करोडको कारोबार

३ जेष्ठ २०८१, बिहीबार १५:०९

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बजार झिनो अकंले बढेको छ । बजारमा पछिल्लो समय उतार चडाव आइरहेको छ । लगानीकर्ता नीतिगत अवरोध फुकुवाको माग गर्दै आइरहेको हो । लगानीकर्ताको मनोबल माथि उठ्न नसक्दा बजारले गति लिन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २०१८.७६ बिन्दुमा बन्द भएको छ । बिहिबार ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच हुँदा कारोबार ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँ माथि पुगेको हो । बजार घटेपनि कारोबार रकम भने बढी रहेको हो ।

११ उपसूचक आज राताम्य हुँदा माइक्रोफाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । आज माइक्रोफाइनान्स समूहको ३.८० प्रतिशत र अन्य समूहको ०.२२ प्रतिशतले शेयर मूल्य बढेको हो । बिहिबार बैकिङ समूहको ०.२२ प्रतिशत, विकास बैंक समूहको १.०७ प्रतिशत, फाइनान्स समूहको १.४५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार सिइडिबि हाइड्रोपावरको ४३ करोड ९० लाख रुपैयाँ, पोखरा फाइनान्सको ११ करोड ८७ लाख रुपैयाँ, पिपुल्स पावरको ७ करोेड ७२ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ७ करोड २८ लाख रुपैयाँ र जीवन विकास लघुवित्तको ७ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार हिमालयन लघुवित्त, जीवन विकास लघुवित्त, सिर्जनशिल लघुवित्त र स्वाभिमान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*