हिमालयन लाइफद्वारा ज्यान गुमाएका सोनारको परिवारलाई १० लाख रुपैयाँको दावी भुक्तानी

३ जेष्ठ २०८१, बिहीबार १५:१९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बिरगन्ज २ शाखा कार्यालयले एक कार्यक्रमको आयोजना गरी झण्डै साढे १० लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले बीमित बिरेन्द्र कुमार सोनारको मृत्यु दावी वापतको १० लाख ३४ हजार रुपैयाँको चेक उनकी आमा उमा देवि सोनरलाई हस्तान्तरण गरिएको बिरगन्ज २ शाखा प्रबन्धक प्रमोद कुमार प्रजापतिले जानकारी दिए ।

बीमित सोनारले साविकको प्राईम लाइफ अर्थात हालको हिमालयन लाइफ इन्स्योरेन्सबाट ‘हिमालयन जीवन उपहार’ बीमा पोलिसी खरिद गरेका थिए । १६ वर्षको परिपक्क अवधि रहेको उक्त बीमा पोलिसी अन्तर्गत बीतित सोनारले दुई पटक प्रिमियम बुझाएका थिए ।

दावी भुक्तानी कार्यक्रममा कम्पनीका मधेश प्रदेश प्रमुख इन्द्र राज सुवेदी, उप प्रदेश प्रमुख जितेश कर्ण र बिरगन्ज २ शाखा कार्यालयका प्रबन्धक प्रमोद कुमार प्रजापति र सिनियर एजेन्सी म्यानेजर अनिल महतोको उपस्थिती रहेको थियो ।

बीमा दावी भुक्तानी कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रबन्धक प्रमोद कुमार प्रजापतिले सबैलाई बीमा गर्न आवश्यक रहेको बताए । साथै, उनले दावी वापतको रकमले बीमितको परिवारलाई आवश्यक ऋण तिर्न र आर्थिक संकटबाट बचाएको बताए ।

बीमा दावी वापतको रकम पाएकी बीमितकी आमा उमा देवीले आउँदो दिनमा घर चलाउन र विभिन्न ठाउँबाट लिएको ऋण बुझाउन सहयोग हुने बताइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*