बम्पर लाभांश घोषणा गरेको आइएमई लाइफको बार्षिक साधारणसभा जेठ २८ गते

३ जेष्ठ २०८१, बिहीबार १६:५३

काठमाडौं । बम्पर लाभांश घोषणा गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा जेठ २८ बोलाएको छ। कम्पनी कोजेठ २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आम्रापाली ब्याक्वेट क्याटरिङ एण्ड इभेन्ट प्रा।लि, भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न उक जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ । कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १४ गते एक दिन बन्द गर्नेछ । यस बुक क्लोजको आधारमा जेठ १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*