हिमालयन लाइफद्वारा १९ लाख रुपैयाँको दावी भुक्तानी

४ जेष्ठ २०८१, शुक्रबार ११:००

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बीमित स्वर्गिय झवराज अधिकारीको परिवार राधा पौडेललाई एक शोक कार्यक्रम गरी १९ लाख रुपैयाँ बीमा दावी भुक्तानी वापतको चेक कम्पनीका उप प्रदेश प्रमुख गणेश धमलाले हस्तान्तरण गरेका हुन् ।

बगर शाखा कार्यालयका शाखा प्रबन्धक श्याम प्रसाद तिमिल्सेनाले स्वर्गिय अधिकारीले केहि बर्ष अघि १५ लाख रुपैयाँ बराबरको बार्षिक नगद फिर्ता योजनाको बीमा गरेको र २ महिना अघि उनको असामयिक निधन भएको हुंदा कम्पनीले छिटो छरितो दावि भुक्तानी उपलब्ध गराएको बताए ।

‘परिवारको मुख्य आम्दानी गर्ने मान्छेको असामयिक निधनले सिङ्गो परिवारलाई भावनात्मक असर त गर्छनै, यसका साथै परिवाको सिङ्गो सपना पनि चकनाचुर हुने गर्दछ। मुलत जीबन बीमाले ति सपना साकार पार्न केहि हद सम्म भएपनि मलम पट्टीको काम गरेको हुन्छ। कतिपय समाजमा अझै पनि जीबन बीमाको बारेमा गहनरुपमा बुझेको पाइदैन। मानबीय जोखिमहरु अकाल मृत्यु, दुर्घटना, घातक रोगहरु जहाँ जतिबेला पनि घट्न सक्छ, पुर्व ओटीपि पठाएर घट्दैन। जसबाट आर्थिक सुरक्षा प्रदान गर्न जीबन बीमाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कसैको घरमा दुख पर्दा अरुले ‘ प्रे’ गर्ने तर जीवन बीमाले ‘पे’ गर्ने कुरा पनि सहभागी एजेन्सीहरुले बताए ।

कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी मेनेजर एमडीआरटी कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई ,एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर नारायणी भण्डारी, एजेन्सी मेनेजर यामनारायण पौडेल लगायत अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*