मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताले उठाएको माग सम्बोधन नभएको गुनासो

४ जेष्ठ २०८१, शुक्रबार ११:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार गरेको छ ।समीक्षामार्फत् अधिकांश क्षेत्रमा केन्द्रीय बैंकले लचक नीति अपनाएको भएपनि पूँजीबजारको हकमा खासै ठोस निर्णय भने गर्न सकेको देखिदैन ।

केन्द्रीय बैंकले अझै पनि पूँजीबजार सम्बद्ध लगानीकर्ताहरुले बारम्बार उठाउँदै आएका मागहरु बारे सम्बोधन गर्न यसपटक पनि ध्यान दिएको छैन ।लगानीकर्ताहरुले उठाएको बिषय सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् ।

लगानीकर्ताले शेयरधितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग गरिरहेको भएपनि त्यसलाई केन्द्रीय बैंकले सम्बोधन गरेको छैन।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको लागि सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*