पाँचथर पावरले लाभांश वितरण नगर्ने, जेठ २७ गते डाक्यो साधारण सभा

६ जेष्ठ २०८१, आईतवार १०:०६

काठमाडौं । पाँचथर पावरले लाभांश नदिने भएको छ । यस कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको छ । सभा जेठ २७ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*