आइएमई लाइफद्वारा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, ९ शाखाका अभिकर्ता प्रशिक्षित

६ जेष्ठ २०८१, आईतवार १०:१५

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले बाग्मती प्रदेश अन्तर्गत गोङ्गबु क्षेत्रमा रहेका ९ वटा शाखा अन्तर्गतका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम नेपालटार स्थित दियालो फुडल्याण्ड सेस्मती प्रालिमा भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश अमात्यले अभिकर्तामा बीमाको ज्ञान र अनुशासन पुर्ण रुपमा भएमा यस क्षेत्रवाट कोही पनि पलायन हुन नपर्ने साथै बीमा सचेतना कार्यक्रम अनिवार्य गर्नुपर्ने र बीमामा अण्डरराइटिङको ज्ञान अनिवार्य हुनपर्ने कुरा जानकारी गराए ।

साथै, सोही कार्यक्रममा कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाको महत्व ,साथै विभिन्न परिस्थितिमा बजारिकरणको नयाँ–नयाँ पद्दतिका बिषयमा सरल एवं सहज टेक्निकहरु बताउदै पेशागत अभिकर्ताको बिषयमा महत्वपुर्ण प्रस्तुति दिएका थिए । साथै, उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेशाबाट नाम ,दाम र सम्मान आजीवन रहनेगरि सन्तुष्टि सहित कार्य गर्न सकिने बताए ।

उक्त कार्यक्रममा कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश अमात्य, चिफ मार्केटिङ अफिसर गणेश चौलागाई, तालिम शाखा बिभाग प्रमुख सुनिल कुमार आचार्य ,बाग्मती प्रदेश प्रमुख सिपी भट्टराई तालिम बिभाग र सेल्स विभाग का कर्मचारी ,गोङ्गबु क्षेत्रिय शाखा प्रमुख ,शाखा प्रमुख कर्मचारि साथै अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कम्पनीले विभिन्न समयमा कर्मचारी र अभिकर्ताहरुको क्षमता वृद्धि गर्ने र हौसला प्रदान गर्ने उदेश्यले तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*