हिमालयन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट

६ जेष्ठ २०८१, आईतवार ११:१०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोकिएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।

उक्त कम्पीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी व्यतित भएका बीमालेखहरुमा जेठ ६ गतेदेखि १८ गतेसम्म पुनर्जागरण गराएमा बीमा प्राधिकरणबाट जारी ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ को शर्तहरुको अधीनमा रही विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको हो ।

साथै कम्पनीले सो अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखरु सक्रिय बनाउन सम्पूर्ण बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*